शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

छोरीको हत्याको आरोपमा आमासहित दुई पक्राउ

छोरीको हत्याको आरोपमा आमासहित दुई पक्राउ


  • अर्जुन काफ्ले
  • साउन २२ २०७९, आइतबार

स्याङ्जा/ आफ्नै छ महिनाको छोरी हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ । हत्याको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाका मिन बहादुर रानाकी श्रीमती २२ बर्षिय लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका– १० कुमाल गाउँका २२ बर्षिय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा कोही कसैलाई नसोधि छ महिनाको छोरीसहित लक्ष्मीले साउन १० गते कुमालसगँ भागी बिवाह गरेको भन्दै साउन १२ गते निजको ससुराले निवेदन दिएका थिए ।

निबेदनको आधारमा खोजतलास गर्दा दुबैलाई गल्याङ नगरपालिका–३ गल्याङ बजारमा साउन २० गते नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हत्या गरेका खुलेको प्रहरीले जनाएको छ ।
छ महिनाको छोरीलाई आमा लक्ष्मीले साउन १० गते अस्थाई ट्वाईलेटको खाल्टोमा फालेको अनुसन्धाानमा स्विकार गरेपछि बास्तविकता बाहिर आएकोको डीएसपी रबिन्द्र खनालले बताए ।

आमा लक्ष्मीले छोरीको हत्या गरी ट्वाईलेटको खाल्टोमाा हालेको बताएपछि खोजतलास गर्दा बच्चाको लास सडेगलेको भेटिएको र महिला र पुरुष दुबै जनालााई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान अगाडी बढाएको खनालले बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->