नेपालमा युवा जनसंख्या अधिक भएको गत वर्षको जनगणनाले नै पुष्टि गरेको छ । अहिले १० जनामध्ये कम्तिमा ४ जना युवा उमेर समूहको संख्या रहेको अनुमान गरिएको छ । युवाको संख्या पहिलाभन्दा बढेको मात्रै नभइ, काम गर्ने उमेरको संख्या पनि बढेको देखिन्छ ।
आश्रित उमेरको जनसंख्याको अनुपातभन्दा युवा उमेर धेरै सकारात्मक देखिन्छ । युवाको यो संख्याले विकास योजना तथा नीति निर्माणको तहमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यो अवस्थाले सरकारको रणनीतिक योजना निर्माण प्रभावित हुनसक्ने देखिन्छ ।युवाहरुको उपस्थितितीव्र आर्थिक वृद्धि तथा स्थायित्वका लागि निकै अनुकूल देखिएको छ । राज्यले युवाहरुको उचित व्यवस्थापन गर्न नसक्दा भने अवस्था नकारात्मक बन्नसक्छ ।
धेरै जनसंख्या भएको देशमा बेरोजगार युवाहरू वृद्धि हुँदा त्यसले द्वन्द्वको जोखिमसमेत बढाउन सक्छ ।सन् १९९२ देखि सुरु भएको जनसंख्या वृद्धिको यो अवस्था सन् २०४७ अन्त्यसम्म अर्थात् ५५ वर्षसम्म रहनेछ । त्यसकारण पनि राज्यले अव युवाहरुमा लगानीको नीति कार्यान्वयन गर्न ढिलाई भईसक्यो । अव राज्यको नीति निमार्णमा युवाहरुको भूमिका अपरिहार्य भइसक्यो । राज्यले युवाहरुलाई पर्याप्त उद्यमशिलता र रोजगारीमा नजोडेका कारण कि त वैदेशिक रोजगारीमा जानु वा अपराध कर्मको भागिदार बन्नुपर्ने अवस्था देखिएको छ ।
अहिलेसम्मकै युवाहरुको संख्या धेरै भएको यस अवधिमा राज्यले अधिक फाइदा लिन सक्थ्यो । तर, राज्यलाई यस विषयमा कुनै चासो देखिँदैन बरु युवाहरुलाई विदेश धकेल्ने वातावरण बनाएको छ । युवाहरुले आफ्नो पेशा व्यवसाय मात्रै होइन कि राजनीतिक क्षेत्रमा पनि जबरजस्त उपस्थिति खोज्दैछन् । त्यसको ज्वलन्त उदाहरण काठमाडांै र धरानको मेयर बनेका छन् । अन्य ठाउँ जस्तै राजनीतिमा पनि युवा÷महिलाहरु ठाउँ खोज्दैछन् । पोखरा जिवन्त सहर हो । सुन्दरता र सम्भावनाको हिसावले हेर्दा पोखराको राजनीति तथा पेशा व्यवसाय युवापुस्तासँग जोडिनु पर्ने देखिन्छ । तर, यसका लागि युवाहरुको जवरजस्त उपस्थितिको खाँचो पनि छ । पोखराका युवाले(महिला) हरेक हिसावले आफूलाई व्यावसायिक रुपमा उभ्याउन जरुरी छ ।
राम्रो एजेण्डा बोके पैसा खर्चनु पर्दैन :अञ्जु क्षेत्री
स्कुल पढ्दैदा अनेरास्ववियूमा संगठित हुन पुगेकी अञ्जु क्षेत्री नेकपा एमालेको राजनीतिमा सक्रिय छन् । यसअघि पोखरा महानगरपालिका वडा नं ५ मा जनप्रतिनीधि भइन् । अञ्जुले जितेपछि निस्वार्थपूर्वक जनताको सेवा मात्रै गरिनन् कि सार्वजनिक सम्पत्ति संरक्षण गरेर असल नागरिकको भुमिका निर्वाह गरिन् । त्यतिबेला उनले ठूलै चुनौतिको सामना गर्नुप¥यो । निडर अनि हक्की स्वभावकी उनी जायज कुरा उठाउन कहिल्यै पछि पर्दिनन् । त्यसो उनले हजुरबुवा र बुबाबाट राजनीतिका धेरै कुरा सिकिन् ।
उनी कास्कीका एमाले नेता सोमनाथ अधिकारी प्यासी, खगराज अधिकारी र कृष्ण थापालाई रोलमोडलको मान्छिन् । पर्वत जन्मघर र स्याङजा कर्मघर भएकी अञ्जुले पोखरालाई कार्यथलो बनाएर राजनीति गरिहेकी छन् । उनी राजनीतिका अलावा आर्थिक उपार्जनका लागि व्यवसाय पनि संचाल गर्छिन् । त्यसो त, राजनीतिमा स्थापित हुन त्यति सजिलो भने कहा छ र ? ।
त्यसमाथि पनि महिला ! समाजले त कुरा काट्छ नै । कहिलेकाहिँ नेता कार्यकर्ताको विश्वास जित्न पनि सकिँदैन । आफ्नै समकक्षीले पनि खुट्टा तान्ने अवस्था आउन सक्छ । उनी भन्छिन् ‘जस्तोसुकै परिस्थितिको सामना गर्न रेडी हुनुपर्छ । धैर्यता र जनताको सेवामा जुट्न छोड्नु हँुदैन । पदको लागि मात्रै राजनीति होइन् । अरुबेला पनि जनताको काम र राम्रो एजेण्डा उठाउन सकियो भने जनताको मत जित्न पैसा खर्चिनै पर्दैन ।’
झुटो ज्ञारेन्टी दिनेहरुबाट चुनौती : श्रीविद्या रघुनाथन कायस्थ
पोखरा जस्तो भाइब्रेन्ट वहर । जतिबेला श्रीविद्याले विद्या डाइट र फिटनेस सेन्टर खोलिन्,त्यतिबेला पोखरेलीमा स्वास्थ्य प्रतिको सचेतना कमै थियो । स्वस्थ रहने प्रयोजनका लागि फिटनेस सेन्टर खोल्ने उनी पोखरामा पहिलो हुन ।स्वस्थ र पोषणयुक्त खाना रोज्न पोखरेलीहरु डिपार्टमेन्टल स्टोरमा जान्थे । तर, जङ्क फुड र फ्रोजनहरु स्वास्थ्यका लागि त्यति उपयुक्त होइनन् । अझै पनि युवा पुस्ताहरु त्यस्तै सजिलो खाना खान मन पराउँछन् । कालान्तरमा त्यही खानाले विभिन्न समस्या निम्त्याउछ भन्ने थाहा हँुदैन ।
आफ्नो क्लिनिकमा आउनेहरुलाई यही कुराले सचेत गराउँिछन् । अहिलेसम्म उनले आफ्नो क्लिनिकमा आउने सेवाग्राहीरुलाई आफ्नै घरको खाना मिलाएर खाने सल्लाह दिन्छिन् । उनले सन् २००६ मा न्यूट्रिसियन एफएसएम र डाइटीसियन विषयमा भारतको मद्रास युनिर्भसिटीबाट बिएससी गरिन् । मद्रासको विभिन्न चर्चित हस्पीटलहरुमा इन्टर्नसिप समेत गरेकी विद्याले नेपाल आएर त्यहि विषयमा स्नाकोत्तर गरिन् । उनी पोखरा विज्ञान तथा प्रविधि क्याम्पसमा अध्यापन समेत गराउछिन् । श्रीविद्या लायन्स क्लव र जोन्टा क्लवमा पनि आवद्ध छन् ।
अहिले पोखरामा क्वालिपाmइड डाइटिसियन न्यूट्रिसियनिष्ट उनी मात्रै हुन् । सम्बन्धित विषयको पर्याप्त ज्ञान नभएका र मात्र व्यापारिक प्रयोजनका लागि खोलिएका फिटनेस सेन्टरहरुबाट पोखरेलीहरुले सेवा लिदै आएकोमा उनको चिन्ता पनि छ । उनी भन्छिन् ‘अझ धेरैजस्तो युट्व गुगल र अर्ध ज्ञान भएकाहरु जसले ज्ञारेन्टीका साथ केही नगरि १० देखि १५ केजीसम्म घटाइदिन्छु भन्ने गर्दछन् तिनीहरुबाट चुनौती छ ।





