बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एमालेसँग एक्लै भिड्ने ताकत कसैसँग छैन : नेता पाण्डे

एमालेसँग एक्लै भिड्ने ताकत कसैसँग छैन : नेता पाण्डे


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७९, आइतबार

पोखरा/ नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विचार नमिल्ने दलहरुको गठबन्धन सत्ताभोगका लागि मात्र भएको टिप्पणी गरेका छन् । नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको ११ औं साधारणसभामा बोल्दै पाण्डेले अहिले एक्लो नेकपा एमालेविरुद्ध मुलुकका सबै जसो दलहरु एक ठाउँमा उभिन बाध्य भएको बताए ।

‘नेकपा एमालेलाई हराउन कुनै दलले पनि सक्दैन । त्यसैले सबै एक हुन बाध्य छन् । तर यो गठबन्धन विचार मिल्नेहरुको गठबन्धन होइन । भागवण्डामा गरिएको गठबन्धन कहिलेसम्म जान्छ ? हेरौं ।’ उपाध्यक्ष पाण्डेले भने,‘भाग तलमाथि हुनासाथ गठबन्धन भत्किन्छ । एक्लाएक्लै एमालेसँग भिड्ने ताकत कसैको छैन ।’
प्रमुख अतिथि पाण्डेले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताए । मञ्चका पूर्व अध्यक्षसमेत रहेका जिल्ला कमिटी धादिङका सदस्य बेनी पाठक, जिल्ला कमिटी धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, धादिङको गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा, मञ्चका संस्थापक अध्यक्ष कृष्ण लम्साल, निवर्तमान अध्यक्ष वीरबहादुर थापालगायतले बोलेका थिए ।

मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा धादिङका विभिन्न पालिका तथा वडाहरुमा पार्टीबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->