शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

आबारोडका महिला संगठित

आबारोडका महिला संगठित


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०७९, आइतबार

बागलुङ/बागलुङ नगरपालिका वडा नंं २ को आबारोडमा बस्ने महिलाहरु संगठित भएका छन् । उनीहरुले कालिका भगवती आवारोड आमा समूह गठन गरेका हुन् ।
सामाजिक क्षेत्रमा मिलेर काम गर्ने, टोल सफाइ तथा टोलमा आउने समस्या समाधानमा पनि सहयोगी भूमिका खेल्ने गरी उनीहरुले समूह बनाएको बताए । समूह केही समयअघि निर्माण भएपनि प्रारम्भिक साधारणसभा समपन्न भएको छ ।

साधारणसभाले यमुना रेग्मीको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । उक्त समितिले आगामी असोज १ गते वृहत भेला गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको भेलाकी सहभागी बिष्णु लम्सालले बताइन् ।

साथै उनीहरुले हरितालिका तीजलाई उल्लासमय बनाउने, टोल भेला गरेर सामाजिक काम गर्ने लक्ष्य बनाएका छन् । शनिवार भएको भेलामा समूहकी मिठू श्रेष्ठ, निर्मला सापकोटा, सल्लाहकारको तर्फबाट हरिदत्त आचार्य र गणेशराज लम्सालले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->