शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

न्यु एभरेष्टमा नृत्य प्रतियोगिता

न्यु एभरेष्टमा नृत्य प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०७९, शनिबार

बागलुङ/ न्यु एभरेष्ट एकेडेमी बागलुङले तीज पर्वको अवसर पारेर बिभिन्न प्रतियोगिात्मक कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रष्फुटनका लागि तीज गित तथा नृत्य प्रतियोगिताहरु आयोजना गरिएको हो ।

विद्यालयले आन्तरीक प्रतियोगिताहरुको आयोजना गरेर विद्यार्थीलाई सहभागि गराईएको प्रिन्सिपल कृष्ण अधिकारीले बताए । कार्यक्रममा कक्षा १ देखी ११ कक्षा सम्मका विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

सोही अबसरमा विद्यालयले बिभिन्न समयमा आयोजना गरेको प्रतियोगितामा उत्कृष्ठता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो । प्रिन्सिपल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक माधब शर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->