पोखरा- नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
एमालेका पदाधिकारी संघकै चुनावमा लड्ने चर्चा चलिरहेका बेला गुरुङको नाम भने लमजुङ प्रदेश सभा ‘ख’ का लागि सिफारिस भएको हो ।
लमजुङको एकमात्र प्रतिनिधि सभामा संविधान सभा सदस्य जमिन्द्रमान घलेको नाम सिफारिस भएको छ । घलेले संघबाहेक अन्त चुनाव नलड्ने बताएपछि पृथ्वीसुब्बाको नाम प्रदेशकै सिफारिस भएको नेताहरू बताउँछन् ।
घलेले २०७४ सालमा पनि संघकै टिकट मागेका थिए । तर एमाले र माओवादी एकताका कारण माओवादी नेता देव गुरुङले टिकट पाए । एमालेभित्र माधवकुमार नेपाल समूहसँग नजिक रहेका घले पार्टी विभाजनपछि एमालेमै बसेका थिए ।





