बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मगरको पहिचान बढाउने काम गरौं : जिसस प्रमुख थापा

मगरको पहिचान बढाउने काम गरौं : जिसस प्रमुख थापा


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०७९, शनिबार

बागलुङ/ जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले मगरहरुको पहिचान बढाउने र राज्यका हरेक क्षेत्रमा मगरको बाहुल्यता बढाउनु पर्ने बताएका छन् ।

नेपाल मगर बिद्यार्थी संघको ११ औं अधिवेसनको उद्घाटन गर्दै शुक्रवार उनले सबै क्षेत्रमा मगरको उपस्थिति बढाउन युवा तथा विद्यार्थीले अभियान चलाउनु पर्ने समेत बताए । उनले जातीय पहिचान र उत्थानकालागि पनि निरन्तर संघर्ष आवश्यक भएको बताएका हुन् ।

आदिवासी जनजाति भनेर सबै जातिलाई एकै डालोमा राखिएकोप्रति उनले असन्तुष्टि पोखेका थिए । ‘राज्यको पहुँचमा ल्याउँदा केही अवसर र आरक्षण दिनका लागि आदिवासी जनजाति भनेपनि त्यो पहिचान होइ्न’, उनले भने, ‘बरु मगर पहिचान हो, गुरुङ पहिचान हो ।’ आफ्नै जातीको उत्थानमा लागेपछि मात्रै सिंगो जनजातिको विकास र उत्थान हुने उनले बताए ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले विकास र अबसरमा समानुपातिक वितरण गर्न सकेमा जातीय रुपमा कोही पछि पर्न नपर्ने बताए । उनले अवसरहरु सिर्जना गर्ने र काम गर्ने वातावरण बन्दा सबैको हित हुने बताए ।

नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष सागर घर्तीमगरको अध्यक्षता, डम्बर बुढा मगरको संचालन र पर्वत श्रीषको स्वागतमा सम्पन्न अधिवेसनको उद्घाटन शत्रमा संघका केन्द्रीय सदस्य मनिष थापामगर, नेविसंघका अध्यक्ष खड्ग थापामगर, नेपाल मगर संघका अध्यक्ष गणेश थापामगर, नेविसंघका सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले शुभकामना मन्तव्य राखेका थिए । हरेक वर्ष हुने संघको अधिवेशन केही बर्षदेखि रोकिएको थियो ।

कोरोना महामारीका कारण मानिसहरु भेला हुने अवस्थासमेत नभएको र निर्वाचन लगायतका अन्य कारणले कार्यक्रम संचालन हुन नसक्दा रोकिएको अधिवेसन अहिले सम्पन्न भएको हो । संघको आन्तरिक गतिविधि बढाउनेदेखि सामाजिक काम गर्ने, जातीय पहिचान बढाउने र मगर संघको अभियानमा पनि साथ दिने गरी मगर विद्यार्थी संघले काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->