
स्याङ्जा/ छ बर्षबाट स्तरोन्नती थालिएको दुई जिल्ला जोड्ने सडक अलपत्र परेपछि आन्दोलनमा उत्रिएका छन् । अर्जुनचौपारी–छाप–सल्यान–आग्रीखर्क–पर्वत सडक ढेकेदार कम्पनीले काम नगरी हिडेपछि प्रभावित स्थानियले गाउँ पालिकाका सगँ समन्वय गरी राज कुमार घलेको संयोजकत्वमा सघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।
२०७३ पुस ११ गते सुर्य सिरुवा बन्दना जेभीलेले सडक डिभिजन कार्याल बाग्लुङसगँ १० किलोमिरट सडक स्तरोन्नती गर्ने गरी १० करोड ७१ लाख ६० हजार ७८९ रुपियाँमा सम्झौता गरेको थियो ।
दुई बर्षमा काम सक्ने गरी सम्झौता भएकोमा थप चार बर्षमा पनि निर्माण कम्पनीसगँले सडक अलपत्र पारेपछि आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक घलेले बताए ।
स्थानियले भैसी बाख्रा बेचेर दुई चार हजार रुपियाँ सङकलन गरेर गोरेटो खनेको बताउदै सघर्ष समितिका संयोजक घलेले ढेकेदारले काम नगर्दा स्थानियको स्तरोन्न्ती भएको बाटोमा हिड्ने चाहना अलपत्र परेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकरी राजु प्रसाद पौडेललार्य ज्ञापन पत्र बुझाउदै बताए ।
निर्माण कम्पनी सम्झौता अनुसारको काम नगरेको र बिगत चार महिनाबाट सम्पर्कमा नरही अलपत्र अवस्थामा छाडेर भागेको घलेले बताए । अलपत्र परेको सडक समयमानै सम्पन्न गराउनको लागि आवश्यक पहल गरिदिनु ज्ञापन पत्र मार्फत सघर्ष समितिले आग्रह गरेको छ ।
निर्माण कम्पनीले सडक डिभिजन बाग्लुङ मार्फत छ किलोमिटरमा नाला, वाल निर्माण तथा ग्राबेल गरेको भन्दै सात करोड ३५ लाख ४६ हजार ४८५ रुपियाँ भुक्तानी लिएको पुर्वाधार बिकास कार्यालय स्याङजाका प्रमुख सन्तोष अर्यालले बताए ।
सडक डिभिजन बाग्लुङ मार्फत ६३.६३ प्रतिशत रकम भुक्तानी लगेपनि सडक जस्ताको तस्तै रहेको छ । पटक पटक समय थप गरेर काम गरेका निर्माण कम्पनीलाई थप एक बर्ष काम गर्ने समय थप गरेको र सो समयमा काम नगरे समय थप नहुने अर्यालले बताए ।
सडक अलपत्र पारेर निर्माण ब्यवसायी महिनौ देखि हिडेपछि पालिकाले पत्र काटेको बताउदै अर्जुन चौपारीका अध्यक्ष प्रकाश तिवारीले अबको तोकिएको समयमा काम नसकेमा कारबाहीको लागि निकायमा थप पहल थाल्ने बताए ।





