बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरी विरेन्द्र विद्यालयको ५९ औं बार्षिकोत्सव

धौलागिरी विरेन्द्र विद्यालयको ५९ औं बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७९, सोमबार

बागलुङ/ धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय बागलुङको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ ।

बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने बताए । उनले विद्यालयको चौतर्फी विकासका लागि सवै एक भएर लाग्नुपर्ने बताए ।
उपप्रमुख खड्काले नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक विकास गर्न लागिपरेको बताए । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा शिक्षा बिकास समन्वय समिती बागलुङका प्रमुख कुश्माराज उपाध्याय, बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धन प्रसाद शर्मा, बागलुङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हरि प्रसाद शर्मा, बागलुङ नगरपालिका कार्यपालिका सदस्य धनमाया शर्मा, बिद्या, बिष्णु जेहेन्दार छात्रवृत्ति अक्षय कोषका संरक्षक महेन्द्र प्रसाद शर्मा, घनबल स्मृति कोषका संरक्षक हिमाल शर्मा, रुद्रेपिपल माबिका प्रधानाध्यापक राजेश श्रेष्ठ, बिद्यालयकी पुर्बशिक्षिका भिमा अधिकारी, बिद्यालय ब्यबस्थापन समितिका सदस्य राजु सापकोटा, स्थानीय हरि प्रसाद सापकोटा, कक्षा १० मा अध्ययनरत बिद्यार्थी बन्दना सापकोटाले शुभकामना मन्तब्य व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूमिराज शर्माले बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सबको अबसरमा स्थानीय तहको निबार्चनमा निर्वाचित बिद्यालयका पुर्बबिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

बार्षिकोत्सव समारोहमा घनबल स्मृति कोषबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यालयका बिद्यार्थीहरु सम्मान गरिएको थियो । यस्तै बिद्या, बिष्णु जेहेन्दार छात्रवृत्ति अक्षय कोषबाट साबिकको धौलागिरि अञ्चलका चार जिल्लामा एसइईमा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सरकारी विद्यालयका २ जना छात्र र छात्रा बिद्यार्थीलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । यस्तै बिद्यालयबाट एसइईमा सर्बाधिक अंक ल्याएर उत्तिर्ण भएका बिद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यस्तै अनिल स्मृति कोषबाट विद्यालयका जेहेन्दर र गरिव विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

बार्षिकोत्सबमा आयोजना गरिएको नित्य प्रतियोगिता, निबन्ध प्रतियोगिता, उकालो दौड प्रतियोगिता, बेलुन डान्सर चक्लेट दौडमा बिजयी भएका बिद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजन सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत शिक्षक पुर्णराज रेग्मी र संचालन शिक्षिका सपना सापकोटा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->