पोखरा/ संजिवनी दिदिबहिनी केन्द्रको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुनः बिना गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
समितिको उपाध्यक्षमा हिरा गुरुङ, सचिवमा कौसिला गुरुङ, कोषाध्यक्षमा लक्ष्मी गुरुङ, सहसचिवमा बिर्मला गुरुङ, सहकोषाध्यक्षमा दिलमाया प्रजापति र सदस्यहरुमा मिलन थापा, गिमाया गुरुङ, देवकुमारी हिराचन, शारदा शर्मा, सरु अधिकारी चयन भएका छन् ।
साधारणसभा तथा अधिवेशनको पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिले उद्घाटन गरेका थिए ।





