बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते

बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७९, आइतबार

बागलुङ, ९ असोज– बागलुङमा बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले बागलुङ नगरपालिका–१ मालढुंगामा ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीले बताए ।
दुर्घटनामा परी घाइते हुनेहरुमा काठेखोला गाउँपालिका–८ लेखानीका ३९ बर्षिय गंगा बहादुर कामी, काठेखोला गाउँपालिका–२ का १९ बर्षिय सागर बोहोरा, बागलुङ नगरपालिका–८ सिगानाका ५३ बर्षिय रामेन्द्र खड्का, २० बर्षिया गौरी खड्का, काठेखोला गाउँपालिका–२ की २४ बर्षिया तारा पौडेल, काठेखोला गाउँपालिका–२ की २५ बर्षिया आरती गौतम र बागलुङ नगरपालिका–११ की १९ बर्षिया सुजता शाक्य रहेका छन् ।
घाईतेमध्ये ३९ बर्षिय कामीको स्वास्थ्य अवस्था गम्भिर रहेको र अन्य सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->