शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रोल्पाको नागरिक, स्याङ्जामा नागरिकता

रोल्पाको नागरिक, स्याङ्जामा नागरिकता

वास्तविकता थाहा हुँदाहुँदै सिफारिस गरिएको खुलासा ।


  • ढोरपाटन संवाददाता
  • असोज १० २०७९, सोमबार

स्याङ्जा/ रोल्पाको जेलबाङ घर भएका युवालाई स्याङ्जाको बिरुवा गाउँपालिका २ को ठेगानामा नागरिकता दिइएको छ । नक्कली कागजात बनाएर जेलबाङमा २०४९ असोज २७ गते जन्मेका दीपक थापालाई २०७७ माघ १३ गते बिरुवाबाट नागरिकता दिइएको हो । स्याङ्जाबाट नागरिकता लिएको डेढ वर्षपश्चात नक्कली नागरिकता लिएको बेनामी उजुरी जिल्ला प्रसासनमा परेपछि यो वास्तविकता खुलेको हो । बिरुवा गाउँपालिका २ का अमबहादुर थापाले जेलबाङकी पूर्णकुमारीसँग विवाह गरी दीपक जन्मेको कागजात बनाइएको छ ।

अमबहादुरकी वास्तविक श्रीमती ज्ञानमाया थापाको निवेदनमा २०७७ माघ १० गते कार्यपालिका सदस्य तिलकुमारी सार्की र वडा सदस्य हेमबहादुर थापाको रोहवरमा दीपकको वडाबाट जन्मदर्ता गराइएको छ । वडा सचिव खिमराज थापाले जन्मदर्ता प्रमाणपत्रमा हस्ताक्षर गरेका छन् माघ ११ गते वडा मुचुल्का बनाएर सोही दिन वडाध्यक्ष बुद्धबहादुर आलेसँग दीपकले नागरिकताको सिफारिस लिएका छन् । वडाबाट नागरिकता सिफारिसको दुई दिनपश्चात दीपकले जिल्ला प्रशासन कार्यालयबाट ४२–०१–७७–०२३२७ नम्बरको नागरिकता प्राप्त गरेका छन् ।

नक्कली कागजात बनाएर नागरिता लिएको जिल्ला प्रशासनमा परेको उजुरीपश्चातको बयानमा वास्तविक पिता आफू गर्भमै रहँदा रोल्पामै बितेको र स्याङ्जाको गल्याङमा आमाको अमबहादुरसँग विवाह भएको दीपक थापाले बताएका छन् ।वडा सिफारिस र वडा नम्बर १ वडाध्यक्ष युवराज केसीले सर्जमिन गरेको प्रशासनमा देखिएको छ । रोल्पामा जन्मेका दीपकलाई पालिकामा थाहा हुदाँहँुदै पनि विभिन्न प्रलोभनमा कागजात मिलाएर मागेको डेढ वर्षपश्चात नागरिकता दिएको स्थानियको भनाइ छ । नक्कली नागरिकता दिएको उजुरी पश्चात सिफारिस गर्ने, मुलुल्कामा हस्ताक्षर गर्ने, जन्मदर्ता गराउनेलाई एकएक दिन प्रसासनमा राखेर तारेखमा छोडिएको छ । प्रशासनमा उजुरी पश्चात कारबाहीको प्रक्रिया अगाडी बढाएको र वास्तविक ठहरिएमा त्यसमा जोडिएका सबैलाई नियम अनुसार कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->