बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अब बैदाममा स्मार्ट शौचालय

अब बैदाममा स्मार्ट शौचालय


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

पोखरा/ पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखराको प्रम्ख पर्यटकीय क्षेत्र बैदाम क्षेत्रलाई ‘उज्यालो बैदाम’ बनाउने घोषणा गरेका छन् ।

उनले मुख्य चोक र भित्री बाटाहरुमा ५० देखि ३० वाटका बिजुलीका बल्वहरु राखिने जानकारी पनि दिएका छन् । सोमबार पोखरा ६ मा अवस्थित बगैंचा टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले बैदाम क्षेत्रका ६ ठाउँमा पर्यटक र अपाङ्गमैत्री स्मार्ट शौचालय बनाउने योजना पनि उनले सुनाए । कार्यक्रममा फेवा डुंगा व्यवसायी संघ बैदामका अध्यक्ष बलराम गिरी,वडा सदस्य बासु बराल, संस्थाकी अध्यक्ष मिना ढकाल, उपाध्यक्ष उर्मिला ढकाल, सचिव रेनु लामिछाने र कोषाध्यक्ष राम ढकाललगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->