बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दशै सुरु भएसँगै बागलुङ कालीकामा चहलपहल

दशै सुरु भएसँगै बागलुङ कालीकामा चहलपहल


  • ढोरपाटन संवाददाता
  • असोज ११ २०७९, मंगलबार

बागलुङ/ बडा दशैंको पहिलो दोस्रो घटस्थापनाको अवसरमा बागलुङ कालिका मन्दिरमा सयौं भक्तजनको भीड लागेको छ । दशैभर सयौं भक्तजन यहाँ पुजा गर्न आउँछन् ।

चैतेदशै र बडादशैमा कालिकामा भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिन पनि बिहान ४ बजेदेखिनै भक्तजन पुगेर लामबद्ध भइ पूजा गरेका थिए । दशैभर भक्तजनको भीड लाग्ने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

सोह्र श्राद्ध सकेर मुक्तिनाथबाट फर्कने भक्तजन पनि कालिका दर्शन गरेर घर घरमा लाग्ने गर्छन् । बागलुङ कालिकाप्रति धेरै भक्तजनको आस्था र विश्वास छ । ‘टाढादेखि धेरै मानिस आउँछन्, हामी पनि पोखराबाट दर्शन गर्न आयौं’ काठमाण्डौ घर भइ पोखरामा रोजगारीमा बसेका राम श्रेष्ठले भने, ‘कालिकाप्रति धेरैनै विश्वास छ ।’ समय समयमा छिमेकीहरु कालिका मन्दिर आएकोले आफू आएको उनले बताए ।

पूजा र बली व्यवस्थापन गर्दै सरसफाई गरिएकोले कालिका मन्दिर चिटिक्क देखिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । पूजाकालागि एक दर्जन स्टल बनेका छन् । कतिपयले भुइमै बसे पनि पूजा गर्छन् । घटस्थापनादेखि शुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमा सम्म चल्ने खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->