स्याङ्जा/ बिजया दशमी नजिकै आउदाँ दशै कोशेली पाएपछि यहाँका बिपन्न दलित परिवार हर्षित भएका छन् । दलित उत्थान समितिले पलिकाको सहयोगमा पालिका भित्र रहेको अति बिपन्न ३० परिवारलाई चामल एक बोरा, दाल, चिनी, तेल, पियाँज लगायतका सामाग्रीको कोशेली प्रदान गरेको हो ।
छ वडा रहेका रहेको पालिकाको हरेक वडाबाट आर्थिक अवस्था कमजोर भएका पाचँ परिवारलाई कोशेली प्रदान गरेको दलित उत्थान समिति अजुन चौपारीका अध्यक्ष दिपक सुनारले बताए ।
दशैमा आर्थिक अवस्था कमजोर भएकाले चाड नै मान्न नै नसक्नेलाई खोजेर कोशेलीको रुपमा सहयोग गरिएको हो ।
हरेक वडाका जनप्रतिनिधीको समन्वयमा कमजोर आर्थिक अवस्था रहेकालाई छनौट गरेर कोशेली बाढेको सुनारले बताए ।
पालिका नरिब तथा आर्थिक अवस्था कमजोर रहेकाको पक्षमा रहेको बताउदै पालिका अध्यक्ष प्रकाश तिवारीले कमजोर अवस्थाका कारण चाड मान्न नसक्ने जो कोहीलाई हयोग गर्न तयार रहेको बताए ।
बिपन्नको लागि पालिका आवश्यक रहेको बताउदै तिवारीले हरेकको न्यायको लागि पालिका कटिबद्ध रहेको बताए ।
हरेक बर्षका दशैमा खाध्यानको अभाबमा मान्नै नसकेको बतउदै वडा नम्बर ४ की ३९ बर्षिय राममयाँ सार्कीले पालिकाको सहयोगमा दलित उत्थान समितिले ठुलो गुन लगाएको बतान् ।





