बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुस्ताङमा बाढीपहिरोले पर्यटक बाटोमै अलपत्र

मुस्ताङमा बाढीपहिरोले पर्यटक बाटोमै अलपत्र


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७९, शनिबार

मुस्ताङ/ हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी वर्षाका कारण बाढी र पहिराले जनजीवन प्रभावित भएको छ । मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन् । माथिबाट पहिरो र तलबाट बाढी आए पछि कतिपय पर्यटकले त्रासमा परेका छन् । उनीहरूले उद्धारका लागि सामाजिक सञ्जालबाट अपिल समेत गरेका छन् ।

मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ । अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुंगा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाइ उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

यस्तै मार्फाको फाराम खोलामा आएको बाढीले शीतोष्ण बागवानी विकास केन्द्र आसपासको क्षेत्रमा बाढी पसेको छ । शर्माले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैँ मनाउन विदामा गएकाले मेशिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काइएको उनको भनाइ छ । मेशिन सानो भएकाले समस्या भएको जानकारी दिए ।

यसैबीच पाँच दिनदेखिको प्रतिकुल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाइ उडानसमेत नहुँदा पर्यटक समस्यामा परेका छन् । खराब मौसमले गर्दा हवाइ उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकल यात्री मुस्ताङमै रोकिएका प्रजिअ शर्माको भनाइ छ । बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->