बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कास्की-२ मा उम्मेदवारी दर्ता, पूर्व एमालेविच नै प्रतिस्पर्धा

कास्की-२ मा उम्मेदवारी दर्ता, पूर्व एमालेविच नै प्रतिस्पर्धा


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

पोखरा / कास्की क्षेत्र नम्बर २ मा एमाले र गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

कास्की २ मा एमाले उम्मेदवार विद्या भट्टराई र गठबन्धनबाट एकीकृत समाजवादीका श्रीनाथ बरालले मनोनयन दर्ता गरे । प्रदेशसभा तर्फ क मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेद्वारी दर्ता गरेका छन् ।

प्रदेशसभा ख मा गठबन्धनको तर्फबाट प्रदेशका कानुन तथा सञ्चार मन्त्री विन्दुकुमार थापा र एमालेबाट पूर्व प्रदेश सांसद मिना गुरुङले उम्मेदवारी दर्ता गरेका छन ।

मनोनयन दर्ता गराएपछि दुवै पक्षका प्रतिश्पर्धीले सामुहिक तस्विर खिचाउदै मित्रवत प्रतिस्पर्धा गर्ने वताएका छन् । उनीहरुले पोखरा सभा गृहमा रहेको निर्वाचन कार्यालयमा मनोनयन गर्दा गराएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->