बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

काँग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचनको उम्मेदवारी

काँग्रेसबाट मुस्ताङमा २८ वर्षीय योगेश गौचनको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

जोमसोम / मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट योगेश गौचन थकालीले उमेदवारी दर्ता गराएका छन् । मुस्ताङमा टिकट वितरणको अख्तियारी पाएका नेता रोमी गौचन थकालीले योगेशलाई टिकट दिएका हुन् ।

भर्खरै २८ वर्षका योगेश नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा सदस्य तथा कार्यसम्पादन समिति सदस्य छन् । उनी सम्भवतः कांग्रेसबाट देशकै कान्छो प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।

यस्तै, प्रदेशसभामा क मा ३५ वर्षीय नन्दु गुरुङको उमेदवारी परेको छ । उनी मुस्ताङ जिल्ला प्रदेशसभाका क्षेत्रीय सचिव हुन् । यस्तै, प्रदेश खमा विकल शेरचनले उमेदवारी दर्ता गराएका छन् । उनी मुस्ताङ जिल्ला कार्यसमितिका सचिव हुन् ।

नेता रोमी गौचन थकालीले उमेदवारीका लागि पार्टीले अख्तियारी दिए पनि आफू उमेदवार नबनेको बताए । उनले युवालाई समयमै अघि बढाउँदा उनीहरुको वृत्तिविकाससँगै देश विकासमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

“सम्भवतः देशकै कान्छो उमेदवार चयन गरेको छु । अब युवा पुस्तालाई अघि बढाउनुपर्छ भनेर मैले आफ्नै क्षेत्रबाट सुरु गरेको छु,” थकालीले भने, “प्रदेशसभामा पनि ४० वर्षभन्दा कमका व्यक्तिहरु उमेदवार भएका छन् ।”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->