शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा ३० जनाको उम्मेदवारी, गठबन्धनमा समस्या

स्याङ्जामा ३० जनाको उम्मेदवारी, गठबन्धनमा समस्या


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

स्याङ्जा / आगामी मङंसिर ४ गतेको निर्वाचनमा दुई प्रतिनिधी र चार प्रदेश रहेको स्याङजामा क्षेत्र नम्बर १ मा संघ तथा प्रदेशमा ३० जनाले उम्मदवारी दिएका छन् । यहाँ प्रतिनिधी सभामा १५ तथा प्रदेश कमा आठ र खमा सात जनाले जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

स्याङ्जामा क्षेत्र नम्बर १ मा संघबाट नेपाली काग्रेसका राजु थापा, नेकपा एमालेका नारायण मरासिनी, नेकपा एकिकृत समाजबादीका बिष्णु गिरी, राप्रपाका खेम बहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी, मौलिक जरोकिलो पार्टीका हरी नेपाल, मंगोल नेसनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओम बहादुर थापा, हाम्रो नेपाली पार्टीका सोम बहादुर नेपली, नेका बिपीका प्रदीप पौडेल, नेकपा माओबादी समाजबादीका इश्वरी प्रसाद पौडेल, जन समाजबादी नेपाली तिल कुमारी नेपाली, स्वतन्त्र गोबिन्द रानाभाट, स्वतन्त्र अर्जुन प्रसाद पौडेल, स्वतन्त्र लोक बहादुर दमैले उम्मेदवारी दिएका छन् ।

यस्तै, क्षेत्र नम्बर १ कबाट नेपाली काग्रसका मेखलाल श्रेष्ठ, नेकपा एमालेका सिता कुमारी सुन्दास, नेकपा माओबादी केन्द्रका अमृता थापा, राप्रपाका सुर्यलाल श्रेष्ठ, मंगोल नेसनल अर्गनाइजेसनका तिरथ गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका भुवन सिह् थापा, हाम्रो नेपाली पार्टीका मकबुल मियाँ, स्वतन्त्र दुर्गा दत्त भुसालले उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नम्बर १ प्रदेश खमा नेपाली काग्रेसका बुद्धि बहादुर राना कुमार, नेकपा एमालेका सुधिर कुमार पौडेल, नेकपा एकिकृत समाजबादीका शर्मिला पौडेल, राप्रकाका शान्ती हमाल, राप्रपा नेपालका गोबिन्द प्रसाद उपाध्याय, मंगोल नेसनल अर्गनाइजेसनका चिन्तु गुरुङ, स्वतन्त्र मनोज नेपालीले उम्मेदवारीदिएका छन् ।

गठबन्धनमा समस्या
देशभर सत्ता गठबन्धन भैरहदाँ स्याङ्जामा छुट्टा छुट्टै उम्मेदारी दिएपछि समस्या देखिएको छ । गठबन्धनको कार्यदलले बनाएको समझदारी भन्दा बाहिर नेपली काग्रेसले टिकट दिएर पठाएपछि समस्या देखिएको हो ।
यहाँ दुई प्रतिनिधी र दुई प्रदेश सभा काग्रेसले लिने तथा एक एक प्रदेश सभा माओबादी केन्द्र र एकिकृत समाजबादीले लिने सहमती बाहिर काग्रेसले टिकट दिएपछि समस्या देखिएको हो ।

नेपाली काग्रेसले समजदारी बाहिर क्षेत्र नम्बर १ का कमा मेखलाल श्रेष्ठ र क्षेत्र नम्बर २ को कमा भोजराज अर्याललाई टिकट दिएपछि समस्या भएको हो । क्षेत्र नम्बर २ कमा नेकपा एसका अध्यक्षसगँ छलफल भएर उम्मदवारी दर्ता भएको र क्षेत्र नम्बर १ कमा माओबादी केन्द्रका उम्मेदवारी नै आधिकारीक भएको र केन्द्रले समस्या सामाधान गर्ने काग्रेस सभापति राजु थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->