पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कबड्डी महिला तथा पुरुष तर्फ लिग चरणका ६÷६ खेल सम्पन्न भएका छन् ।
सोमबार पोखरामा भएको पुरुषतर्फ खेलमा बाग्मती प्रदेश, त्रिभूवन आर्मी क्लव, लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी विजयी भएका छन् ।
प्रतियोगिता अन्र्तगत पहिलो खेलमा बाग्मती प्रदेशले सशस्त्र प्रहरी बललाई ३६–३१ ले हरायो । दोस्रो खेलमा नेपाल पुलिसले त्रिभूवन आर्मीलाई ७५–२२ ले हरायो तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेशलाई ५२– २५ ले पाखा लगायो ।
चौथौं खेलमा एपिएफले सुदुर पश्चिमलाई ४३ – २६ ले, पुलिसले कर्णाली प्रदेशलाई ४४ – ३६ ले र गण्डकीले प्रदेश नम्वर १ लाई ७५–३३ ले हराएको हो ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेश, आर्मी, पुलिस, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश र एपिएफ विजयी भए । प्रतियोगितामा लुम्बिनीले प्रदेश नम्वर १ लाई ४७ – २४ ले, आर्मीले बाग्मतीलाई ७५–२० र पुलिसले कर्णालीलाई ६५–२२ ले हरायो पराजित भयो ।
चौंथो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ३४ – १७ ले, बाग्मतीले मधेश प्रदेशलाई ३५–२० ले र एपिएफले सुदुर पश्चिम प्रदेशलाई ४४–२१ ले हरायो ।





