बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

१९२ जना खेलाडीहरुलाई पोखरा महानगरको सम्मान

१९२ जना खेलाडीहरुलाई पोखरा महानगरको सम्मान


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७९, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले ९ औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी महानगरवासी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ । महानगरले स्वर्ण पदक विजेता ३५ जना, ३२ जना रजत पदक विजेता र ८५ जना कास्य पदक विजेता खेलाडीहरूलाई क्रमशः नगद १५, रु.१० र ५ हजारसहित सम्मानपत्र प्रदान गरेको हो ।

यस्तै ३६ जना टिम म्यानेजर र ४० जना प्रशक्षिकहरुसहित १९२ जना सम्मानित भएका महानगरका प्रवक्ता मोतीराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यसअघि पहिलो चरणमा ३९ जना खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मानित गरिसकिएको थियो ।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा महानगरपालिका नेपाली कांग्रेस संसदीय दलका नेता दिवसमान प्रधानाङ्गलगायतले सम्मान प्रदान गरे । महानगरपालिकाका प्रमुख आचार्यले खेलाडीहरूलाई प्रदान गरिएको रकम सानो भए पनि खेलाडीहरूको हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे ।

मेयर आचार्यले अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागिएको ‘टुर दी पोखरा’ कार्यक्रमका क्रममा आगामी प्ुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता २०७९ को आयोजना गरिने घोषणा पनि गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->