बागलुङ/ बागलुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । भर्खरै सार्वजनिक पछिल्लो नतिजा अनुसार नेकपा एमालेका उमेद्वार डा. सूर्य पाठकको अग्रता देखिएको छ । पाठले ३९४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ३६४ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष गठबन्धनका साझा उमेद्वार चित्र बहादुर केसीले २६३ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति बागलुङमा दिउँसो पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । मत गणना जारी रहेको सहायक निर्वाचन अधिकृत सूर्य प्रसाद भण्डारीले जानकारी दिए ।
बागलुङ–१ प्रतिनिधिसभा १०४२ मत गणना
सुर्य – ३९४
गिलास–२२७
घण्टी – ३६४
प्रदेशसभा (क) १०४२ मत गणना :
सुर्य – ४७०
रुख – ४२९
प्रदेशसभा (ख) १३३३ मत गणना
सुर्य – ३२४
रुख – ९१९





