शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मतान्तर बढाउँदै राजमो अध्यक्ष केसी

मतान्तर बढाउँदै राजमो अध्यक्ष केसी


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी मतगणनामा मतान्तर बढाएका छन् । जारी मतगणनामा केसीले पहिलो पटक पाँचसय माथीको मतान्तर पु¥याएका हुन् । केसीले चार हजार नौ सय ३५ मत प्राप्त गरे भने उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले चार हजार तीन सय ९० मतसहित पछ्याएका छन् । दिउँसो पौने तीन बजेसम्मको नतिजा अनुसार केसी पाठक भन्दा ५४५ मतले अघि छन् ।

राष्ट्रिय जनमोर्चाको आधार क्षेत्र मानिएको बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको वडा नं. १० राङ्खानीको मत गन्दा केसी पाँचसय मत बढीको अन्तरले अघि लागेका हुन् । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले दुई हजार ६२९ मत पाएका छन् । ३७ वडा रहेको क्षेत्र नं. १ मा यो समाचार तयार पार्दासम्म ११ वडाको मात्रै मत परिणाम आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->