बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ–१ : संघ र प्रदेश दुवैमा गठबन्धनको अग्रता

बागलुङ–१ : संघ र प्रदेश दुवैमा गठबन्धनको अग्रता


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७९, मंगलबार

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका उमेद्वारहरुले अग्रता कायम राखेका छन् । क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरे भने उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित पछ्याएका छन् ।

साँझ पाँच बजेसम्मको नतिजा अनुसार केसी पाठक भन्दा ३२६ मतले अघि छन् । राष्ट्रिय जनमोर्चाको आधार क्षेत्र मानिएको बरेङ गाउँपालिका र जैमिनी नगरपालिकाको वडा नं. १० राङ्खानी, वडा नं. ९ पैञ्युथन्थापको मत गन्दा केसी तीनसय मत बढीको अन्तरले अघि लागेका हुन् । मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले तीन हजार ३६ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ नेपाली कांग्रेसका उमेद्वारहरुले अग्रता कायम गरेका छन् । प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका उमेद्वार दिपेन्द्र थापा एमालेका उमेद्वार हिराबहादुर केसी भन्दा ९२१ मतले अघी छन् । थापाले ७ हजार ६ सय मत पाउँदा केसीले ६ हजार ६ सय ७९ मत पाएका छन् ।

प्रदेशसभा ‘ख’मा नेपाली कांग्रेसका डिल्लिराम सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ८ हजार ९ सय ५६ मत पाउँदा नेकपा एमालेका नवराज पौडेलले ५ हजार १ सय २४ मत मात्रै पाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->