बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित

बागलुङ-२ बाट माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०७९, बुधबार

बागलुङ/ बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन् ।

२०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->