बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नवलपरासीमा धारिलो हतियार प्रयोग गरी बडिगाडका पुनको हत्या

नवलपरासीमा धारिलो हतियार प्रयोग गरी बडिगाडका पुनको हत्या


  • अनिष पाठक
  • मंसिर ८ २०७९, बिहिबार

बागलुङ/पश्चिम नवलपरासीको बर्दघाटमा धारिलो हतियार प्रयोग गरी बागलुङ बडिगाडका एक युवाको हत्या भएको छ । बर्दघाट बजारको एक खाजाघरमा मंगलबार बेलुका बडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका ४६ वर्षीय दिलिपकुमार पुनको हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

बडिगाड जलजलाकै अन्दाजी ४६ वर्षीय विष्णु काउचामाथि पनि आक्रमण गर्दा उनी घाइते भएकि छिन । उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी तथा शुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए ।

यसैबीच प्रहरीले घटनामा संलग्न रहेका बर्दघाट २ चिसापानीका ५० वर्षिय ज्ञानेन्द्र बहादुर रानालाई हिजो बिहान पक्राउ गरेको छ । पक्राउ परेको रानालेसमेत आफूले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको पाण्डेले बताए । रानाले महिलासँगको व्यक्तिगत सम्बन्धका कारण हत्या गरेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले जनाएको छ । मृतक परिवारबाट जाहेरी नपरेको कारण रानालाई सार्वजनिक भने नगरिएको प्रहरीको भनाइछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->