बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चौथो पटक चित्रबहादुरको संसदको यात्रा

चौथो पटक चित्रबहादुरको संसदको यात्रा


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७९, बिहिबार

बागलुङ/ बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । केसीले नेकपा एमालेका डा. सूर्य पाठकलाई हराउँदै सांसद निर्वाचित भएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनका कारण सहज जितको आँकलन गरिएको भएपनि केसीलाई जीत निकाल्न निकै सकस प¥यो । निवर्तमान सांसद रहेका पाठकको दोस्रो पटक सांसद बन्ने प्रयास असफल भएको छ ।

८० बर्षिय केसीको राजनीतिक जीवनमा धेरै उथलपुथल आएका छन् । २०५६ र २०६४ को चुनाव प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संबिधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

२०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको सदस्यको उमेदवार थिए । पार्टीको चुनावी राजनीति एवं कुटनीतिको पहिलो अनुभव गरेका केसीले त्यो बेला निर्वाचन हारेका थिए । २०५६ सालको संसदीय निर्वाचनमा उनी त्यही क्षेत्रबाट निर्वाचन लडे । नेपाली कांग्रेसका गोपाल सापकोटालाई केसीले पराजित गरे । २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरे ।

२०७४ सालको निर्वाचन बृद्ध अवस्था भएको भन्दै केसीले चुनाव लडेनन्् । केसी २०७२ साल कात्र्तिक १९ गते उपप्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री बनेका थिए । संसदमा बोल्दा उखान टुक्का मिसाएर बोलेका कारणले केसीलाई मन पराउने मात्रै छैनन्, मधेसवादी र जनजातिले उनलाई संघीयता विरोधी ‘आइकन’ रुपमा चिन्ने गरेका छन् ।

राजनीतिमा निरन्तरता रहे एक दिन पालो आउँछ भनेजस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री बनेका थिए । तर, राजनीतिमा केसीका चेलाहरु भने धेरै वर्ष पहिले नै मुलुकको प्रधानमन्त्री भइसकेका छन् ।

केसीको जीतसँगै राष्ट्रिय जनमोर्चाले संसद प्रबेश पाएको छ । यसअघि देशभरीबाट एकमात्रै सांसद प्युठानकी नेतृ जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सांसद थिईन् । यो निर्वाचनमा पनि उनी गठबन्धनको तर्फबाट उमेद्वार भएपनि एमालेका सूर्य थापाको मतान्तर धेरै रहेकाले जीतको संभावना न्युन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->