पाेखरा / गण्डकी प्रदेशसभामा कास्की-३ (क) बाट कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । बरालले एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् ।
कांग्रेसका बरालले १२ हजार ३६७ मत ल्याउदा एमालेका पहारीले ११ हजार ९०२ मत ल्याए ।
यस्तै, राप्रपाका हरिराम भण्डारीले २ हजार ५६० मत ल्याएका हुन् । कास्की-३ (क) मा एमालेका गणेशमान गुरुङ विजयी भइसकेका छन्। कास्की-३ प्रतिनिधि सभा तर्फ एमालेका दामोदर बैरागी पाैडेल निर्वाचित भइसकेका छन् ।





