बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङमा कांग्रेसको पल्लाभारी हुँदा एमाले ‘क्लिन स्वीप’

बागलुङमा कांग्रेसको पल्लाभारी हुँदा एमाले ‘क्लिन स्वीप’


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७९, शुक्रबार

बागलुङ/ आम निर्वाचनले बागलुङमा देवेन्द्र पौडेलबाहेक प्रतिनिधिसभा र प्रदेशसभामा फरक पार्टीका फरक फरक नेतालाई निर्वाचित गरेको छ । २०७४ को आम निर्वाचनमा पाएको ठाउँ बागलुङमा एमालेले सबै गुमाएको छ । राष्ट्रिय जनमोर्चा र माओबादी केन्द्रले सानो गुमाउँदै ठुलो भाग पाए, कांग्रेसले जिल्लाभरि नै आफ्नो बिजय ¥याली मनाउन पाएको छ ।

यसअघि प्रतिनिधिसभामा एक र प्रदेशसभामा एक सांसद जितेको एमाले बागलुङमा शुन्य भएको छ । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका डा. सूर्य पाठक पराजित हुँदा एमालेले प्रदेशसभा जितेको बागलुङ प्रदेश निर्वाचन क्षेत्र ‘क’मा नेपाली कांग्रेसका दिपेन्द्र थापा उदाए । यहाँ यसअघि एमालेका इन्द्रलाल सापकोटा सांसद थिए । २०७४ को निर्वाचनमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष सापकोटासँग चुनाव हारेका थापाले यसपटकको आम निर्वाचनमा एमालेका अध्यक्ष हिराबहादुर केसीलाई पराजित गरे ।

पाँच दलिय गठबन्धन गर्दा बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पाएको राष्ट्रिय जनमोर्चाले अघिल्लो पटक दुई जना संसद रहेको प्रदेशसभा गुमाएको छ । बागलुङका चारवटै प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेसले जितेको छ । यसअघि कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा प्रत्यक्ष निर्वाचित सांसदबिहिन थियो । अघिल्लो पटक क्षेत्र नं. १ र २ दुवैको प्रदेसभा ‘ख’ पाएको जनमोर्चाले एउटा मात्रै प्रतिनिधिसभामा चित्त बुझाएको छ । यसअघि क्षेत्र नं. १ प्रदेशसभा ‘ख’मा राजमोबाट सांसद बनेका कृष्ण थापा दुई बर्ष पहिले बर्खास्त भएका थिएभने क्षेत्र नं. २ ‘ख’मा निर्वाचित टेकबहादुर घर्तीको निधनपछि भएको उपनिर्वाचनबाट खिम बिक्रम शाही सांसद बनेका थिए ।

अघिल्लो निर्वाचनमा एक प्रतिनिधिसभा र एक प्रदेशसभा जितेको माओबादी केन्द्रले पनि यसपटक प्रदेशसभा गुमायो । क्षेत्र नं. २ मा पार्टी सचिव देवेन्द्र पौडेल दोहोरिँदा गठबन्धन गरेर माओबादी केन्द्रले प्रदेशमा उमेद्वार हुन पाएन् । यसअघि क्षेत्र नं. २ प्रदेशसभा ‘क’मा चन्द्रबहादुर बुढा सागर माओबादीको तर्फबाट सांसद थिए ।

बागलुङबाट प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमाले शुन्य उपस्थिती हुँदा नोपली कांग्रेस प्रतिनिधिसभामा शुन्य भयो भने राष्ट्रिय जनमोर्चा र नेकपा माओबादी केन्द्र प्रदेशसभामा शुन्य उपस्थितीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->