पोखरा/ एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की –१ ‘क’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ६ सय२३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याए । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री भइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनावलडेका हुन् । उनी ०५१ र ७४ मा कास्की–१ बाट निर्वाचित भएका थिए ।
०४८, ५६ र ०६४ मा पराजित भएका थिए । गण्डकीमा हालसम्म प्रत्यक्षतर्फ कांग्रेसले १६, एमालेले ११, माओवादीले ५ र एक स्वतन्त्र उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । ३६ मध्ये स्याङ्जाका ३ निर्वाचन क्षेत्रको परिणाम आउन बाँकी छ ।





