
पोखरा / स्याजाङजा निर्वाचन क्षेत्र नम्बर २ चापाकोटमा मंसिर ४ गते भएको प्रतिनिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुनः मतदान नगरि गणना सुचारू गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बसेको छ । बैठक पछि मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
बुधबार बसेको निर्वाचन आयोगको बैठकले बाजुरा र स्याङ्जा-२ को विवादले रोकिएको मतगणना थाल्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन पठाएको हो। आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई सदर गरेको छ।
स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमाले लगायत केही राजनीतिक दलले पुनः मतदानको माग गरेका थिए।
बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको थियो।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ। बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भने भइसकेको छ।





