स्याङ्जा / स्याङ्जा-२ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।
पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।
लामो समयको विवादपछि मतदान सकिएको दशौँ दिनबाट मतगणना सुरू भएको स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको थियो।





