शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जा-२ (क) बाट कांग्रेसका भोजराज अर्याल निर्वाचित

स्याङ्जा-२ (क) बाट कांग्रेसका भोजराज अर्याल निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०७९, शुक्रबार

स्याङजा / स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

अर्यालले १५ हजार १६१ मत ल्याए भने रेग्मीले १२ हजार ४३१ मत ल्याएका छन् ।

गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मत अन्तरले निर्वाचित भएका थिए ।

बुथ कब्जा भएको आरोप प्रत्यारोपको विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।

प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

रेग्मी एमालेको संगठन मजबुत भनिएको आफ्नै वडामा समेत कमजोर भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->