बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सडक सुरक्षामा प्रहरीको चासो

सडक सुरक्षामा प्रहरीको चासो


  • खगेन्द्र पराजुली
  • मंसिर २० २०७९, मंगलबार

नवलपुर/ नवलपुरको ग्रामीण सडकमा मानवीय क्षति नै हुने गरी दुर्घटना बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले सडक सुरक्षा नीतिमा चासो देखाएको छ । मंसिर १५ गते धौवादीमा भएको जीप दुर्घटनामा घटनास्थलमै ४ जनाको मृत्यु भएपछि प्रहरीको ध्यानाकर्षण भएको हो ।

दुर्घटनामा परेकाको उद्धार र मदतका कार्यसकेपछि जिल्ला प्रहरी कार्यालयमा सरोकारवालासँगको छलफलबाट ग्रामीण सडकमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि अवलम्बन गर्न सकिने सन्दर्भमा व्यवसायी, यात्रु, सवारी कर्मचारी र प्रशासन समेतले भूमिका निर्वाह गर्नुपर्ने निस्कर्षपछि ग्रामीण क्षेत्र विभिन्न ठाउँमा सुरक्षाका निम्ति प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा खटाउनेदेखि थप प्रहरी चौकी स्थापनासम्मका पहल थालिएको जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए ।

प्रहरी उपरिक्षक तिवारीले ग्रामिण क्षेत्रको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि स्थलगत अनुगमन, चेकपोष्ट स्थापना साथै स्थानीय पालिकाका जनप्रतिनिधीहरुसँग अन्तरक्रियासमेत गरेको जानकारी गराए ।

शनिवारदेखि नै बौदीकाली, बुलिङटार र हुप्सेकोटका विभिन्न क्षेत्रको एउटै रुट हुँदै चल्ने सवारी साधन चेकजाँच गर्नको निमित्त देवचुली नगरपालिकाको मुण्डे र कुमसोत, बुलिङटार गाउँपालिकाको बोझा पोखरी र कोखे साथै बौदिकाली गाउँपालिकाको देवीथानमा चेकपोष्ट स्थापना गरी नियमित चेकजाँच गर्ने कार्यको सुरुवात गरेको तिवारीले बताए ।

कालिगण्डकी करिडोर निर्माणसँगै सो क्षेत्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन लाई प्रभावकारी बनाउने उद्धेश्यले कालिगण्डकी करिडोर अन्तर्गत नवलपुर र पाल्पाको सिमाना बौदिकाली गाउँपालिका वडा नं.३ रकुवाको थोत्रेनी, बुलिङटार गाउँपालिका वडा नं.१ को थामवेसी र गैंडाकोट नगरपालिका वडा नं.३ ढोडेनीमा अस्थाइ प्रहरी चौकी स्थापनाको लागि जनप्रतिनिधीहरुसँग समन्वय र स्थलगत अनुगमन गरिएको एसपी तिवारीको भनाइ छ ।

सोही क्रममा उनले कालिगण्डकी करीडोर क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय डेढगाँउ र प्रहरी चौकी बुलिङटारको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई सडक सुरक्षाका विषयमा निर्देशनसमेत दिएका छन् ।
नवलपुरमा पछिल्लो समय ग्रामीण सडकमा हुने दुर्घटना र मानवीय क्षति समेतमा बृद्धि भएको छ । यहाँ ५ हप्ता अगाडी भएको दुर्घटनासँग सम्बन्धित खवरले पनि यस्लाई पुष्टि गरेको छ । करीव ७५ किलोमिटर लामो सडक सञ्जाल रहेको महेन्द्र राजमार्गमा भन्दा धेरै दुर्घटना ग्रामीण भित्री सडकमा हुँदा सडक सुरक्षाको चुनौतीसमेत बढेको छ ।

गत कार्तिक १२ गते पाल्पाबाट गोर्खा मनकामना जादै गरेका तिर्थयात्री बोकेको वस बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बसमा सवार सबै ३० जना घाईते भएका थिए । यसको लगभग १ महिनापछि बिहीवार साँझ धौवादीमा भएको जीप दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १० जनामध्ये ३जना उपचारपछि घर फर्किएका छन् भने ७ जनाको चितवनमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->