स्याङ्जा/ जिल्लाको फेदिखोला गाउँपालिका–४ का दुई बिद्यालयबाट बिभिन्न सामाग्री चोरी गर्ने र सामाग्री खरीद गर्ने सात जनालाई प्रहरी पक्राउ गरेको छ ।
प्रहरीले सामाग्री चोरी गर्ने स्थानिय २६ बर्षिय प्रेम बिक, २१ बर्षिय सुमन सुनार, १९ बर्षिय समिर सुनारलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले चोरी गरेका समाग्री भण्डारण गर्ने र खरीद गर्न ब्यवस्था मिलाउने लमजुङ सुन्दरबजार–११ का २९ बर्षिय राजु मजाकोटी, २७ बर्षिय अमृत दुरा र चोरीका सामाग्री खरीद गर्ने पोखरा महानगरपालिका–२८ का २९ बर्षिय प्रविन नेपाली, पोखरा महानवगर २१ का ३७ बर्षिय दिपेन्द्र पोख्रेललाई पक्राउ गरेको बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानाकारी दिए ।
यहाँको वडा नं ४ टार्केको आरुखर्क आधारभुत विद्यालयमा मङसिर २२ गते कम्प्यूटर, प्रिन्टर, मल्टिप्लग एक एक एक थान र २४ गते सोही वडाकै तल्लाचौरको राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर, कम्प्यूर, प्रिन्टर मेशिन, फोटोकपी मेशिन एक एक थान र तीन थान मल्टिप्लक चोरी भएको थियो ।
प्रहरीले चोरी गर्ने तीन जनालाई फेदीखोला र अन्यलाई पोखराबाट पक्राउ गरेको हो भने धेरै सामाग्री फेला परेपनि प्रोजेक्टर र प्रिन्टर बरामद फेला नपरेकाले खोजी कार्य अगाडी बढाएको खनालले बताए ।
प्रहरीले एक हप्ताको प्रयास पश्चात चोरी भएका सामानहरू बरामद गरी पक्राउ परेका सात जनालाई चोरी तथा डाँका मुद्धा दर्ता गरेर कारबाही अगाडी बढाएको हो ।





