बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

आलोचनापछि पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए, पूर्ण लामालाई ल्याए

आलोचनापछि पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए, पूर्ण लामालाई ल्याए


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७९, बुधबार

पोखरा / आलोचना भएपछि पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए ।

मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको समाचार ढोरपाटन न्युजले प्रकाशन गरेको थियो । सो समाचार प्रकाशनसंगै नगरप्रमुख आचार्यप्रति आलोचना भएको थियो ।

ऐनले मेयरले नायव सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था भएकोमा शाखा अधिकृत सरहको पदमा भतिजलाई नियुक्त गरेका थिए ।

मेयरले स्वकीय सचिव नियुक्त गर्ने निर्णय गरिसकेको भए पनि प्रमुख प्रशासकीय अधिकृत बुधबार बाहिर भएकाले बिहीबार मात्र पत्र थमाइने उनको सचिवालयले जनाएको छ ।

लामालाई कानुन अनुसार नै सचिवालय प्रमुखका रुपमा नियुक्त गरिएको मेयरको सचिवालयले जनाएको छ । लामा एकीकृत समाजवादी पार्टीको युवा संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् । लामा पनि मेयर आचार्यसँगै एमाले त्यागेर एकीकृत समाजवादीमै आवद्ध भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->