पोखरा / गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।
सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।

बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार हुने सरकारको प्रवक्ता तथा बिना विभागीय मन्त्री सीता सुन्दासले जानकारी दिइन् ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार झ्यालझ्यालमा मन्त्रालय भएको जनताले धेरै नरुचाएको वताए । उनले भने, ‘झ्यालझ्यालमा मन्त्रालय जनताले नरुचाएकाले संख्या घटाएको हो ।’
अधिकारीले भार पारेर बजेट छर्ने भन्दा एकचरण पुराना योजना जसबाट जनता लाभान्वित हुन्छन् ती योजना सम्पन्न गर्ने र नवप्रवर्तनका लागि सोच्ने त्यो माइन्डसेटमा छलफल गरिरहेको वताए । रुग्ण, पूरा नहुने, आर्थिक र वित्तीय सन्तुलन बिगि्रने खालका योजना अघि नबढाउने उनले बताए । मुख्यमन्त्री अधिकारीले कुनै सेन्टिमेन्टमा, इमोसनमा र सस्तो लोकपि्रयताका लागि कुनै काम नगर्ने र गर्नैपर्ने काममात्र गर्ने बताए ।





