पोखरा / पोखराको महेन्द्रपुलमा आइतबार दिउँसो कार दुर्घटना भएको छ । दुर्घटनामा कार चालक र २ जना पैदलयात्रु घाइते भएका छन् ।
दिउँसो करिब पौने २ बजे बा १३ च २६६२ नम्बरको निजी कार पार्किङबाट ब्याक गरेर निकाल्नेक्रममा एक्कासि महेन्द्रपुलको दक्षिणतर्फको रेलिङमा ठोक्किन पुगेको हो । कारको अगाडि भागले रेलिङ भत्काए पनि नदीमा खस्नबाट भने जोगिएको छ ।
दुर्घटनामा कार चालक तनहुँका डा. चन्द्रबहादुर थापा घाइते छन् । सो कारको ठक्करले अस्पताल हिडेका आमा छोरा समेत घाइते भएका छन ।
म्याग्दीको धौलागिरि गाउँपालिकाकी वर्ष ५२ की कुलमाया बिक र उनका १८ वर्षीय छोरा विष्णु बिक घाइते छन। उनीहरुलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । क्षतिग्रस्त कारलाई क्रेन सहयोगमा बाहिर निकालिएको छ ।
घाइते भएका विष्णु विकले आमालाई अस्पताल लैजाने क्रममा दुर्घटना भएको सुनाए । पोखरा बागलुङ बसपार्कदेखी अस्पताल हिडेका उनिहरु महेन्द्रपुलको पुलमा हिडिराख्दा पजेरोले ठक्कर दिएको हो ।
‘हामी हस्पिटल आउदै थियौ पुलको फुटट्र्याकमै हिडेका थियौ । एक्कासी पछाडिबाट हान्यो एकछिन त आमा रहनुहुदैन भन्ने सोचे’ उनले रुदै भने, ‘आमालाई काखमा च्यपेर सोचे यो नै अन्तिम हो ।’ उनका अनुसार आमालाई महिला समस्या थियो । रानिपौवा स्थित साइ अर्चना अस्पतालमा राम्रो उपचार हुने भएकाले अस्पताल जानका लागि हिडेका थिए ।
‘आमा विरामी हुनुहुन्थ्यो । महिला समस्या थियो । हामी साइ अर्चना अस्पताल जानका लागि आएका हौंझ उनले भने,ञ आमा हिड्न डराउनु हुन्छ । दुर्घटना होला भनेर मैले अगालो हालेर ल्याएको थिए । एक्कसी पछाडीबाट हान्यो अनि हामी लड्यौ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रकाश शाहले चालकलाई गाडी सम्बन्धि राम्रो ज्ञान नभएकाले दुर्घटना भएको बताए । उनले पार्किङ गरिराखेको गाडीनै पैदल मार्गमा गुडेको बताए ।’यसमा चालकको पुर्ण लापरबाही देखिन्छ । गाडिबारे चालकलाई राम्रो ज्ञान नभएको देखियो’ उनले भने, ‘पार्किङबाट आफै अनियन्त्रित भइ पैदल मार्गमा कुदेको हो ।’
साघोरो पुलको कारण दुर्घटना पश्चात अड्किएको गाडी निकाल्न समेत केही समस्या भएको उनले सुनाए । उनका अनुसार कास्कीमा सवारी चालकले ट्राफिक नियम पालना गर्न समेत कन्जुस्याइँ गर्दा धेरै सवारी दुर्घटना हुने गरेको छ । आइतबार दुर्घटना भएको पजेरोमा अटो गिएर रहेको र चालकले नबुझ्दा दुर्घटना भएको हो ।





