बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते

विस्फोटक पदार्थ खेलाउँदा पोखरामा दुई बालक घाइते


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७९, मंगलबार

पोखरा / पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । वनमा भेट्टाएको विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पोखरा महानगरपालिका-३३ ठूलढुंगाका दुई बालकले घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञान खड्काका अनुसार १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् । दुवैको हात र खुट्टामा चोट लागेको छ ।

उपचारका लागि उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा  लगिएको छ । प्रहरीका अनुसार उनीहरुले वनमा भेट्टाएको विस्फोटक पदार्थलाई घरमा लगेर किला ठोक्दा पड्किएको थियो । उक्त विस्फोटक पदार्थ वनमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->