बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मौलिक बाजा संरक्षणका लागि तालिम

मौलिक बाजा संरक्षणका लागि तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताएकी छन् । पोखरा महानगरका वडाहरुले रैथाने बाजा बजाउने तालिमहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको उनको भनाइ थियो ।

पोखरा ५ ले आयोजना गरेको १५ दिने मादल बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै उनले स्थानीय बाजाहरुको संरक्षणका लागि यस्ता तालिमहरुले भुमिका खेलेको बताइन् ।

कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षेत्री, प्रशिक्षार्थीको तर्फबाट कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेललगायतले बोलेका थिए । कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->