बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मखमलको जुत्ता बनाउने तालिम

मखमलको जुत्ता बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

पोखरा/ मखमलको जुत्ता बनाउने १५ दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेवाः मिस पुच कास्कीको आयोजना, नेवाः खल कास्की,नेवाः ल्याम्ह पुच कास्कीको सहआयोजना तथा पोखरा महनगरपालिका वडा ९ र सिटिइभिटीको सहयोगमा सञ्चालित तालिम सम्पन्न भएको हो ।

२५ जना प्रशिक्षार्थी सहभागी भएको तालिम फागुन १५ गतेबाट ३० गतेसम्म नेवाः छे भिमसेन टोलमा भएको थियो । तालिमको प्रशिक्षकको रुपमा सृजनशील महिला समुह तथा सीप विकास केन्द्र काठमाडौंका अध्यक्ष दीपा शाक्य रहेकी थिइन् ।

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री सिता सुन्दासले तालिमले नेवारी दिदी बहिनीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताइन् ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवाः खलको उद्देश्य भाषा, संस्कृतिसँगै सीपको विकास गर्ने योजना अनुसार तालिम आयोजना गरिएको बताए । नेवाः मिस पुच कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले सीपले महिलाहरुमा आर्थिक
उत्पादनमा सहयोग पुग्ने बताइन् ।

कार्यक्रम संयोजक सोनी ढेवाजुले चुलोचौकोमा मात्र सीमित महिलाहरुको लागि सीपयुक्त तालिमले जीविकोपार्जनमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रममा ल्याम्ह पुच कास्कीका अध्यक्ष मधुसुदन जोशी, सिटिइभिटी अन्नपूर्ण प्रमुख मोतिमाया भुजेल, वडा नं. ९ का वडा सदस्य भावना श्रेष्ठ, नेवाः पत्रकार मञ्चका अध्यक्ष सञ्जयकुमार मल्ल, सिटिवान टेलिभिजनका निर्देशक अनिशा श्रेष्ठ, प्रशिक्षार्थी अम्बिका मुल्मीलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->