बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

प्रतिभामा दन्त शिविर

प्रतिभामा दन्त शिविर


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०७९, बुधबार

पोखरा/ प्रतिभा उच्च माध्यमिक विद्यालयमा दन्त शिविर सम्पन्न भएको छ । शिविरमा विद्यालयका ४१५ जना विद्यार्थीहरुले दन्त परिक्षण गरेका छन् ।
शिविरमा विद्यालयका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने छात्रछात्राहरुले दातको परिक्षण गरेका थिए । परिक्षणमा जटिल समस्या देखिएकाहरुलाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ ।

मंगलबार भएको कार्यक्रममा स्वास्थ्य परिक्षण गर्ने आउने विरामीलाई निःशुल्क आवश्यक औषधिको समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा आएका विरामीहरुमा जटिल समस्या देखिएमा शिविरको विरामी पूर्जाको आधारमा मनिपाल शिक्षण अस्पतालले उक्त विरामीलाई छुट ब्यवस्था गरेको मणिपाल अस्पतालले जनाएको छ ।अस्पतालले विभिन्न संघ संस्थाहरुको समन्वयमा वर्षमा सय स्वास्थ्य शिविर गर्ने योजानाअन्तर्गत प्रतिभा स्कुलमा ११औ कार्यक्रम गरिएको अस्पतालका सहायक बजार ब्यवस्थापक खिमबहादुर लामिछानेले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->