शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७९, आइतबार

म्याग्दी/ पार्टी सङ्गठनलाई थप सुदृढ र सशक्त बनाउन नेकपा एमालेले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा पुगेको छ । ग्रासरुट अभियानमार्फत् एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने संकल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो ।

अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी, कार्यकता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउन तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरु समेत संकलन गरिने नेकपा एमाले म्याग्दीले जनाएको छ । यसअघि जिल्ला कमिटीको वैठक, जिल्लास्तरीय तथा पालिकास्तरीमा अभिमुखीकरण सम्पन्न गरी वडास्तरमा ग्रासरुट अभियान सञ्चालन गरिएको छ ।

यसैक्रममा (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिखमा मिसन ग्रासरुट अभियानअन्तर्गत वडास्तरीय भेला तथा वैठक सम्पन्न भएको छ । वैठकलाई एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीलगायत नेताहरुले सम्बोधन गरे । वैठकमा एमालेले हालै सुरु गरेको मिसन ग्रासरुट अभियानको बारेमा जानकारीसहित अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरण तथा विस्तार, सदस्यता नवीकरण, टोल र वस्तीस्तरमा पार्टीको वैठक तथा भेला आयोजना गर्नेलगायत योजनाहरु निर्माण गरिएको छ । त्यस्तै रघुगंगा गाउँपालिका–७, चिमखोलामा पनि एमाले जिल्ला सदस्य एवं वडा इन्चार्ज गमबहादुर पुनको संयोजकत्वमा वडा भेला सम्पन्न भएको छ । भेलामा मिसन ग्रासरुट अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तार, टोलस्तरीय वैठक एवं भेला आयोजना गर्नेलगायत योजनाहरु बनाइएको छ । भेलालाई एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->