शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विपन्न बिरामीलाई म्याग्दी कोरलाले निःशुल्क यातायात सुविधा

विपन्न बिरामीलाई म्याग्दी कोरलाले निःशुल्क यातायात सुविधा


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७९, आइतबार

बेनी /परोपकारी संस्था ओमकुमारी शान्ति कोष र म्याग्दी कोरला यातायात प्रालिबीच सम्झौता भएको छ। कोषले सिफारिस गरेका विरामीलाई पोखरा र काठमाडौसम्म निःशुल्क यातायात सेवा उपलब्ध गराउन दुई संस्थाबीच सम्झौता गरेका हुन् । कोषको सचिवालयमा कोषका अध्यक्ष हरिकृष्ण शर्मा गौतम र कोरला यातायात प्रालीका संचालक मोहन केसीले दुई संस्थाबीचको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कोषले सिफारिस गरेका विरामीलाई मात्र निःशुल्क सेवा दिने प्रतिवद्धता यातायातका संचालक मोहन केसीले बताए ।

‘परोपकारी संस्थासँगको सहकार्यबाट उत्साहित छौ,बिरामीलाई गन्तब्यसम्म पुग्न कुनैपनि कमी हुन दिनेछैनाँै’, अध्यक्ष केसीले भने । आर्थिक अवस्था कमजोर भएका उपचारका लागि आवातजावात गरिराख्ने विरामीलाई लक्षित गरेर यातायात प्रा.ली. संग सम्झौता गरिएको कोषका अध्यक्ष गौतमले बताए । ‘यो सम्झौताले विपन्नको उपचारमा सहज हुनेछ,‘घरदेखि अस्पतालसम्म पुग्ने गरी सहयोगी भूमिका खेलेका छौ’, अध्यक्ष गौतमले भने । सम्झौता कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खमबहादुर थापा र कोषाध्यक्ष सन्दीप खत्रीको उपस्थित रहेको थियो। यस संस्थाले आर्थिक अवस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक संकलन र कोषको ब्याजबाट आर्थिक सहयोग गर्दै आएको छ।

२०७१ सालमा बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । कोषको संरक्षक सदस्य र आजिवन सदस्य ९३३ जना रहेका रहेको छ । कोषमा १ करोड २१ लाख रहेकोमा हालसम्म २ सय ८३ जना बिरामीको उपचारमा अक्षयकोाषको व्याज, अभियान र अन्य सहयोगबाट २ करोड ५४ लाख सहयोग गरिएको छ भने सामाजिक क्षेत्रमा विविध क्षेत्रमा, भुकम्प, पहिरो र कोभिडमा सहयोगः ९० लाख ५० हजार सहयोग गरेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->