शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बालगृहका बालबालिकाको स्वास्थ्य परीक्षण

बालगृहका बालबालिकाको स्वास्थ्य परीक्षण


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार विविध कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवस मनाइएको छ । नेपालमा नेपाल पत्रकार महासंघ स्थापना भएको आज ६७ वर्ष पुरा गरी ६८ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा म्याग्दी बालगृहलाई खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित म्याग्दी बालगृहमा रहेका बालबालिकाहरुलाई लक्षित गरेर दैनिक उपभोग्य सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले जनाएको छ । बालगृहलाई चामल, दाल, नुनतेल, चिनी, बिस्कुट, चाउचाउलगायत छ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।

उक्त सामग्रीहरु कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बेनी नगरपालिकाको नगर प्रमुख सुरत केसी र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम शर्माले नेपाल बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्य र उपाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।बालगृहमा आवासीय सुविधासहित आश्रय लिएर अध्ययनरत ११ जना बालबालिकाहरुलाई उक्त सामग्री उपलब्ध गराइएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का,महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम निवर्तमान अध्यक्ष तारानाथ शर्मा सदस्य कृष्णबहादुर जिसीलगायतले बोलेका थिए ।
समन्वयमा बेनी सञ्जीवनी हेल्थ क्लिनीकका डा. रोशन आचार्य र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक प्रमुख दिनेश बानियाँको उपस्थितीमा म्याग्दी बालगृहमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । बालगृहमा अध्ययनरत बालबालिकाहरुलाई लक्षित गरी आँखा चेकजाँच गर्नुका साथै स्वास्थ्य परीक्षण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->