शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जातीय विभेद गर्ने जनप्रतिनिधी पक्राउ

जातीय विभेद गर्ने जनप्रतिनिधी पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र २० २०७९, सोमबार

पोखरा/ जातीय विभेदको आरोपमा फरार रहेको वडासदस्य पक्राउ परेका छन । प्रहरीले आइतबार कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछानेलाई पक्रिएको हो । उनीविरुद्ध पोखरा २९ भण्डारढिकका नारायण परियारले जातीय विभेद गरेको आरोपमा उजुरी दिएका थिए । गत चैत ७ गते परियारले दिएको उजुरीमा वडासदस्य लामिछानेसहित सुजन लमिछाने, सरिता लामिछाने र सन्तोष परियारले आफूमाथि विभेद गरेको आरोप लगाएका थिए ।

उजुरीपछि फरार सन्तोष परियार र सुजन लामिछाने चैत १२ गते पक्राउ परेका थिए । वडा सदस्य लामिछाने र सरिता लामिछानेलाई आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पीडित परियारमाथि उनीहरुले गत फागुन २५ गते विभेद गरेका थिए । परियार आफन्तको घरमा व्रतवन्धको निम्ता मान्न जाँदा भान्सा छोइदिएको भन्दै वडा सदस्य लामिछानेले सबै खाना भुइँमा फालिदिएका थिए । खाना फाल्नेमात्र नभई परियारलाई छुट्टै भान्सा बनाइएको थियो । परियारले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसूर र सजाय) ऐन २०६८ अनुसार कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->