पोखरा/ श्रष्टा सम्मानसहित मुक्तिनाथ स्मृति प्रतिष्ठानको आयोजनामा पोखरामा श्रष्टा पण्डित मुक्तिनाथ शर्माको चौंतीसौँ स्मृति दिवस तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ ।
समारोहमा विभिन्न क्षेत्रका प्राज्ञहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा नेपाली तथा अङ्ग्रेजी साहित्यमा योगदान पु¥याउनेश्रष्टा डा. यमबहादुर क्षेत्री र विष्णुप्रसाद पौडेल, आफ्नो पूर्खौली पेशालाई निरन्तरता दिएबापत रामबहादुर सूचिकार र सारङ्गीका बरिष्ठ प्रशिक्षक एवं गायक खिमबहादुर गायक रहेका छन् । उनीहरुललाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति एवं वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान गरे ।
प्रतिष्ठानको अधिवेशनले प्रकाश तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष कमला तिमिल्सिना, सचिव पुष्पराज तिमिल्सिना, सहसचिव भिम गायकर कोषाध्यक्ष सविना तिमिल्सिना रहेका छन् । सदस्यमा रुद्रनाथ देवकोटा, टंकनाथ तिमिल्सिना, किरण तिमिल्सिना र अम्बरबहादुर थापा चयन भएका छन् ।





