शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सांदीपन प्रि–स्कूलमा पुरस्कार वितरण

सांदीपन प्रि–स्कूलमा पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७९, शुक्रबार

पोखरा/ पोखरा १३ सिग्देल मार्ग स्थित सांदीपन प्रि–स्कूलमा बिहीबार विविध कार्यक्रम सहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । स्कूलमा प्रि–नर्सरी,नर्सरी, एकेजीर युकेजीका कक्षा संचालनमा छन् ।

बालबालिका लक्षित विद्यालयमा २ वर्ष उमेरदेखिका विद्यार्थी अध्ययरत रहेका विद्यालयकी अध्यक्ष सपना पोख्रेल सिग्देलले बताइन् । कार्यक्रममा विद्यालयका संरक्षक नवीन सिग्देल, शिक्षिकाहरु सुष्मा सेन्चुरी र करिष्मा रानाले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->