बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

एकैदिन १२४ जनामा कोरोना संक्रमण

एकैदिन १२४ जनामा कोरोना संक्रमण


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०७९, सोमबार

काठमाडौं/ सोमबार एकै दिन नेपालमा १ सय २४ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन् ।

दैनिक संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । चैतको पहिलो हप्तासम्म निकै न्यून रहेको संक्रमणदर नेपालमा पछिल्लो डेढ हप्ता देखि उकालो लागेको छ ।

सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। १० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->