शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

चप्पल बनाउने तालिम

चप्पल बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७९, मंगलबार

पोखरा/ पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तरगतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को आयोजनामा १५ दिने चप्पल बनाउने तालिम सुरु भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १५ मा सुरु गरिएको उक्त तालिमको वडा अध्यक्ष बोधबहादुर कार्कीले उद्घाटन गरे । व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) का प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सीप विकाससहितको रोजगारी सृजना आजको आवश्यकता भएको बताए ।

तालिममा सविता श्रेष्ठ रञ्जित र सुविना विसुङ्खेलगायतले प्रशिक्षण दिनेछन् । तालिममा १० थरिका चप्पलहरू बनाउन सिकाइने छ । तालिममा ३ आमा समूहका ३० जना महिला दिदीबहिनीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->